
काठमाडौं, जेठ १० । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहकमात्रै रहेको भन्दै अनुमति दिन अस्वीकार गरेको हो ।
प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।
‘चिनियाँ पाइलटको योग्यता नेपालको मापदण्डअनुसार नमिलेपछि चिनियाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्