Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


नीति तथा कार्यक्रम सपनामा महल बनाउनेखालको : गच्छदार


0
Shares

काठमाडौं, जेठ ११ । नेपाली कांंग्रेसका नेता विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गरेका छन् ।

संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा शुक्रबार भाग लिदैं उनले भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

उनले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चर्चा गर्दै सरकार एकलौटी रुपमा चल्न लागेको आरोप लगाए ।

‘देशमा यति ठूलो परिवर्तन आएको छ, संघीयता भर्खरै लागू भएको छ, खै सरकारले राजनीतिक कार्यक्रम ल्याएको ?’ उनले प्रश्न गरे । (रासस)

Skip This