२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयद्वारा सान्जेन जलविद्युत् आयोजनामा तालाबन्दी


0
Shares

रसुवा, जेठ १३ । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा निमार्णाधीन सान्जेन जलविद्युत् आयोजनामा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।

जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ठेकेदारले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै प्रशासनमा ताला लगाइदिएका हुन् ।

उनीहरुले आयोजनाको काम सुस्त गतिमा भएको, वातावरणीय मूल्याङ्कनका आधारमा स्थानीयको काम नगरेको आरोप लगाएका छन् । तालाबन्दीका कारण आयोजनाको काम पाँच दिनदेखि पूर्णरुपमा ठप्प भएको छ ।

माग पूरा नभएसम्म ठेकेदारलाई काम गर्न नदिने अडान प्रभावित क्षेत्रका बासिन्दाको छ ।

४२.५ मेगावट क्षमताको सान्जेन र १४.८ मेगावटको माथिल्लो सान्जेन गरी ५७.३ मेघावाटको यो आयोजना एसईडब्लु टुन्डी जेवीमार्फत हिमाल हाइड्रोले निर्माण गरिरहेको छ ।