पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन • Image Khabar Image Khabar


पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार ११:०३

पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन

इस्लामावाद, जेठ १३ । पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन हुने भएको छ ।

राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका हुन् । राष्ट्रपतिका प्रवक्ताले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन एकै दिन हुने जानकारी दिएका छन् ।

पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् ।

गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग (एन)ले खकानलाई प्रधानमन्त्री बनाएको थियो ।

सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए ।

आगामी चुनावमा पूर्वक्रिकेटर इमरान खानको पार्टी तहरिक ए इन्साफले पाकिस्तान मुस्लिम लिगलाई टक्कर दिने अनुमान छ । नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिबन्ध लगाइदिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्