उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण • Image Khabar Image Khabar


उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार १७:१३

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर, जेठ १३ । काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ ।

वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो ।

हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो ।

त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप–महानिर्देशक सफला श्रेष्ठभन्छन्, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं ।”

उनका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ ।

फरक÷फरक संस्थाले वायु प्रदूषणमा कुन÷कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् ।

एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण(वायु गुणस्तरमापन स्टेशन) बनाएको छ ।

यसले काठमाडौं उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडौंको वायु बढी प्रदूषित छ ।
रासस

प्रतिक्रिया दिनुहोस्