
कञ्चनपुर, जेठ १४ । ठेकेदारले समयमै सडक नबनाएको विरोधमा कञ्चनपुरका स्थानीय बासिन्दाले सडक बन्द गरेका छन् ।
महाकाली नगरपालिका ७ बाबाथानका स्थानीय बासिन्दाले ठेकेदारले समयमै सडक नबनाएको भन्दै झोलुङ्गे–कुतियाकर सडकखण्ड र बाबाथानस्थित शाखा सडक बन्द गरेका हुन् ।
सडक विस्तार गर्ने भन्दै ठेकेदारले घर र पसलहरु भत्काएर पनि हालसम्म नबनाएको उनीहरुको गुनासो छ । खेतमा भएको अन्नबाली समेत नपाक्दै ठेकेदारले सडक बनाउन भनेर काट्न लगाएको तर अहिलेसम्म पनि निर्माण सम्पन्न नगरेको स्थानीयको आरोप छ ।
सडक विस्तार नहुँदा धुलोले बालबालिका बिरामी पर्न थालेको उनीहरुले बताएका छन् ।
कमिशनको खेलमा नपरी कामका आधारमा ठेक्का दिनुपर्ने स्थानीयको माग छ ।
भदौ मसान्तसम्म झोलुङ्गे–कुतियाकर सडकखण्डको काम सक्ने गरी स्थानीय ठेकेदार चक्र शाहले सम्झौता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्