१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


प्रदेश १ लाई अपराधमुक्त बनाउन भन्दै स्टिकर टाँस्ने अभियान सुरु


0
Shares

विराटनगर, जेठ १४ । प्रदेश १ सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

प्रदेश सरकारले एक महिनाभित्र १४ वटै जिल्लाको १० हजार नागरिकको घरमा स्टिकर टाँस्ने बताएको छ । त्यसका लागि करिब ५० लाख रुपैयाँको लागतमा स्टिकर तयार पारिएको छ ।

मुख्यमन्त्री शेरधन राईले एक विद्यालय भवनमा स्टिकर टाँसेर अभियान शुभारम्भ गरेका थिए । स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोल फ्रि नम्बर, संघीय प्रहरी कार्यालयको टेलिफोन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ ।

मुख्यमन्त्री राईले प्रदेश १ लाई सबैखाले अपराधबाट मुक्त राख्नका लागि जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत घरघरमा स्टिकर टाँसिएको बताए । सुशासन, भ्रष्टाचार र अपराधमुक्त बनाउने दृढ संकल्प साथ प्रदेश सरकार अगाडि बढेको उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न पनि पछि नहट्ने बताए ।

प्रदेश सरकारले प्रहरीलाई जनताबाट कुनै घटना भएको सूचना प्राप्त भएपछि पहाडमा एक घण्टा र तराईमा आधा घण्टाभित्र घटनास्थल पुगिसक्ने व्यवस्था मिलाउने बताएको थियो ।