१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


म्याराथनमा सहभागी हुन धावकहरु अन्नपूर्ण आधारशिविरतिर, विजेतालाई एक लाख


0
Shares

म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले मंगलबार पोखराबाट बिदाइ गरेका हुन् ।

खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७० धावक सहभागी हुँदैछन् ।

अन्नपूर्ण दिवसका सन्दर्भमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन यही जेठ २० गते बिहान ६ः३० बजे अन्नपूर्ण आधारशिविरबाट सुरु हुनेछ ।

म्याराथनमा पहिलो हुने धावकले एक लाख, दोस्रो हुनेले ७० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणअन्तर्गत् जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।