
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश नम्बर–४ लाई ६७ रनले पराजित गर्दै प्रदेश–२ ले पहिलो जित हासिल गरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले १५८ रनको योगफल बनाएको थियो ।
जवाफमा १५९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश–४ ले २८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९१ रन जोड्न सक्यो ।
प्रदेश नम्बर–२ का सञ्जम रेग्मीले ५ विकेट र सांसद शेखले ४ विकेट लिँदै टोलीलाई फराकिलो जित दिलाए ।
प्रतियोगितामा प्रदेश–४ को यो लगातार दोस्रो हार हो ।
प्रदेश–३ को विजयी सुरुआत
मंगलबारै प्रदेश नम्बर–६ लाई ३ विकेटले पराजित गर्दै प्रदेश नम्बर–३ ले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश–६ ले प्रस्तुत् गरेको १७९ रनको विजय लक्ष्य ७ विकेटको क्षतिमा पूरा गर्दै प्रदेश–३ ले विजयी सुरुआत गरेको हो ।
खेलमा प्रदेश–६ का चन्द्र बिसी एक्लैले ६ विकेट लिएपनि अरु बलरहरुले प्रभाव देखाउन नसक्दा टोलीलाई जिताउन सकेनन् ।
प्रतियोगितामा प्रदेश–६ को यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया दिनुहोस्