१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बालकृष्ण ढुंगेलविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार


0
Shares

सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो ।

राष्ट्रपतिले माफी दिइ छुटिसकेको अवस्थामा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेशमा उल्लेख छ ।

रिट निवेदक अधिवक्ता दिनेश त्रिपाठीले यो आदेश विधिको शासनको बर्खिलापमा रहेको बताए ।

ढुंगेल गणतन्त्र दिवसका अवसरमा बाँकी कैद माफी भएपछि मंगलबारै जेलमुक्त भएका छन् ।

काठमाडौंको डिल्लीबजार कारागारबाट ढुंगेल मंगलबार बिहान ७ बजे नै छुटेका हुन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८१६ जनाको कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन् ।