
नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग बुधबार भएको भएको शिष्टाचार भेटमा उनले कतारमा कार्यरत् चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गरे ।
सो अवसरमा कतारी राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेकाले द्विपक्षीय लगानीका सम्झौता गरेर अगाडि बढ्न अनुरोध गरेका थिए ।
उनले कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाले नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
नेपालले कतारमा चिया, कफी एवं हातेकागज निर्यात गर्दै आइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्