Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब


0
Shares

संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उनले स्पस्ट गरे ।

अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले केन्द्रबाट तलब लिने गरेका छन् ।

‘तलब संघबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका छैनन्’–उनले भने–‘त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भएपनि स्थानीय तहमा जान्छन् ।’

उनकाअनुसार आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करिब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइनेछ । रासस