बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने • Image Khabar Image Khabar


बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने


Imagekhabar
१७ जेष्ठ २०७५, बिहीबार ०९:१०

बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने

काठमाडौं, जेठ १७ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आजबाट छलफल सुरु हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ ।

यही परम्पराअनुसार आजबाट संसद्मा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्