 
	    बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै जुम्लाबाट निर्वाचित सांसद महतले आफूले निर्वाचन क्षेत्रमा एउटा हाइड्रोपावर सोचेकोले त्यसमा बजेट हालिदिन माग गर्दै ‘त्योबाहेक एक रुपैयाँ चाहिँदैन’–भने ।
बोल्नेक्रममा निकै भावुक बनेका महतले अर्थमन्त्रीले सांसदहरुलाई अपमान गर्न खोजेको र वडाध्यक्षको ठाउँमा राख्न खोजेको आरोप लगाउँदै ‘कोही मन्त्री भएँ भन्दैमा सांसदलाई बाँध्न पाइँदैन’–भने ।
सन्चारमाध्यमहरुले सांसदहरु संसद बैठकमा उपस्थित हुँदैनन् भन्ने गरेकोमा पनि सांसद महतले आपत्ति जनाए ।
आफूहरुजस्ता सोझासादा सांसदहरु बिहानदेखि बेलुकासम्म बैठककै लागि कुर्ने गरेको भन्दै उनले को–को संसदमा बसेनन् ? को एनजीओको कार्यक्रममा गयो ? भन्ने नाम दिनुपर्ने माग पनि गरे ।
सोझासादा सांसदलाई ‘बलिको बोका’ बनाउन नपाइने उनको भनाइ थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्