
पर्वत, जेठ १९ । पर्वतको फलेवास नगरपालिकामा बाटो फराकिलो बनाउन प्रयोग भएको स्काभेटरमा आगजनी भएको छ ।
जैमिनीघाट–पोखरा सिधा सडक स्तरोन्नतिका लागि प्रयोग भएको स्काभेटरमा फलेवास नगरपालिका–५ झकलकमा गएराति आगलागी भएको हो ।
आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षति भएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिए ।
भर्खरै मात्र शोरुमबाट निकालिएको उक्त स्काभेटर अनटेस्टमै चलिरहेको प्रहरी निरीक्षक दिपक थापाले बताए ।
स्काभेटरमा कसले आगो लगाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्