१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा, यस्तो छ मन्त्रिपरिषदको निर्णय


0
Shares

काठमाडौं, जेठ २० । सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ वा २१ र २२ गते गर्न सदस्यराष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले सम्मेलन तयारीको लागि आवश्यक उपसमितिहरु बनाउने निर्णय समेत गरेको छ ।

यस्तै,बैठकले जिल्ला प्रशासन कार्यालय,इलाका प्रशासन,सीमा प्रशासन कार्यालय,अध्यागमन कार्यालय र कारागार कार्यालयका संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले काठमाडौ-तराई दु्रत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५ स्वीकृत गर्नुका साथै सडक निर्माणको काम छिटो सम्पन्न गर्न समितिहरुलाई निर्देशन दिएको छ ।

मन्त्रीपरिषद्को बैठकले प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै,कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ ।

यस्तै, बैठकले गत बैशाखमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई दोस्रो चरणमा पनि सुरु गर्ने निर्णय गरेको छ ।