
विराटनगर, जेठ २० । प्रदेशसभाको मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले एक नम्बर प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ ।
आफ्ना नेता तथा सुनसरी जिल्लाका तरुण दलका सभापति सिजन गुरुङलाई बिना कारण थुनामा राखेको भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो ।
प्रतिपक्ष कांग्रेसका सांसदहरुले १० मिनेटसम्म संसद अबरुद्ध गरेका थिए ।
आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण अब बस्ने बैठकमा सत्तारुढ दलसँग जवाफ दिने सहमति भएपछि बैठक पुन सुचारु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्