२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने


0
Shares

काठमाडौं, जेठ २१ । सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले असद उत्तर कोरियाको भ्रमणमा आउने तयारी भइरहेको जनाएको हो ।

उसले नेता किम जोङ उनले सन् २०११ मा मुलुकको कार्यभार सम्हालेपछि पहिलो पटक कुनै पनि देशका प्रमुख नेतालाई स्वागत गर्ने जनाएको छ ।

पछिल्ला दिनमा किम जोङ उनले कूटनीतिक माध्यममा बढी सक्रियता देखाएका छन् ।

उनले गत मे मा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए भने यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दै छन् ।

राष्ट्रपति असदको उत्तर कोरिया भ्रमणका विषयमा सिरियाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । सिरियालाई उत्तर कोरियाको सहयोगी देशको रुपमा हेर्ने गरिएको छ ।

दुई देशबीच रासायनिक हतितयारका विषयमा आपसमा सहयोग गरेको आरोप लाग्ने गरेको छ । तर, त्यसलाई दुवै देशले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

उत्तर कोरियाली समाचार एजेन्सीले असदको भ्रमणको मिति भने तय नभइसकेको जनाएको छ । उसले असदले किम जोङ उनसँग भेट्न उत्तर कोरिया जाने तयारी गरिरहेको मात्र जनाएको छ ।

असदले किम जोङ उनले कुनै असफलता विनै अन्तिम जित हासिल गर्ने र दुई कोरिया एक हुने बताएको पनि एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाले सन् १९६६ मा सिरियासँग राजनीतिक सम्बन्ध कायम गरेको थियो ।

अरब–इजरायल संघर्षका बेला सन् १९७३ मा उसले आफ्ना सैन्य दस्ता र हतियार सिरियामा पठाएको थियो ।(एजेन्सी)