१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने


0
Shares

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनीबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदैछ ।

दुवै नेताले आ–आफ्नै सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकार कुटनीतिज्ञले बताए । –कान्तिपुर दैनिकबाट