 
	    खोटाङ, जेठ २४ । खोटाङको थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलको धावन मार्ग मर्मत गर्न अहिले दैनिक ४० जना कामदार खटिएका छन् ।
२०७३ साल माघदेखि धावन मार्ग निर्माणको काम सुरु गरेको रौता कन्स्ट्रक्सन कम्पनीले आगामी असारसम्म सक्ने लक्ष्य राखेको छ ।
अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइरहेको कम्पनीका प्रतिनिधि सूर्यबहादुर खड्काले जानकारी दिए ।
२०५६ सालबाट संचालनमा आएको यो विमानस्थल मर्मत गर्नुपर्ने भएपछि २०७३ साल चैतबाट उडान अवरुद्ध भएको थियो ।
विमानस्थल मर्मतका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँमा रौता कन्ट्रक्सन कम्पनीलाई मर्मतको ठेक्का दिएको हो ।
ठेकेदार कम्पनीले शुरुमा काममा ढिलाई गरेको भन्दै सर्वसाधारण आक्रोसित बनेका थिए ।
तर, पछिल्लो समयमा भने कामले तिव्रता पाएसँगै स्थानीय खुसी भएका छन् ।
खोटाङका सांसद विशाल भट्टराईले आगामी असार मसान्तभित्र ठेकेदार कम्पनीले विमानस्थल कालोपत्रे गर्ने काम सक्नुपर्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्