सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या • Image Khabar Image Khabar


सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार ०६:१८

सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या

काठमाडौं, जेठ २५ । अहिलेको समयमा सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनु परेको छ ।

स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए । यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो ।

झडपका क्रममा मख्खनका छोरा २० वर्षीय दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । ६५ वर्षीय मैनेजरको टाउकोमा गम्भीर चोट लाग्यो । उपचार कै क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्