१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


ज्येष्ठ नागरिकले उठाउँदै आएका मागहरुको चाँडै सम्बोधन : मन्त्री थापा


0
Shares

मानव सेवा आश्रमले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री थापाले ज्येष्ठ नागरिकहरुको विषयमा आफूहरु संवेदनशील रहेको बताइन् ।

ज्येष्ठ नागरिकहरुलाई सुरक्षा प्रदान गर्ने हेतुले कानुन बनाउने काम भइरहेको बताउँदै उनले अब चाँडै नै ज्येष्ठ नागरिकहरुले उठाउँदै आएका मागहरुको सम्बोधन गरिने प्रतिबद्धता जनाइन् ।

सडकपेटीमा बस्दै आएका ज्येष्ठ नागरिकहरुकाबारेमामात्र नभइ बालबालिकाहरुको अधिकारकाबारेमा पनि आफूहरु उत्तिकै सजग रहेको मन्त्री थापाले बताइन् ।

कार्यक्रममा मानव सेवा आश्रमका प्रमुख संयोजक गोविन्द टन्डनले वि.सं. २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडकमानवरहित देश बनाउने लक्ष्य रहेको बताए ।

जीवनमा आमाको कस्तो महत्व हुन्छ ? भन्ने कुरा बुझाउनका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।