
जनावरबाट हुने सडक दुर्घटनालाई कम गर्न शनिबार काठमाडौं इन्जिनियररिङ कलेज, सेन्ट जेभियर्स, सिल्भर माउन्टेन कलेज र जेभियर एकेडेमीका विद्यार्थीहरु मिलेर सडकमा भेटिएका गाईको घाँटीमा रिफ्लेक्टिभ कोलर (टल्कने फित्ता) बाँधेका हुन् ।
रातको समयमा ती गाईहरुलाई सडक दुर्घटनाबाट बचाउन ‘दी आर्ट अफ् लिभिङ फाउन्डेसन’ले युवाहरुको साथमा गाई बचाउ अभियान सुरु गरेको हो ।
फाउन्डेसनकी इन्टरनेसनल कर्पोरेट ट्रेनर निभा माथेमा प्रधानले जनावरको संरक्षणका लागि जनचेतना जगाउन अभियान सन्चालन गरिएको बताइन् ।
कालिमाटी, बल्खु, कलंकी र स्वयम्भूका सडक किनारामा छाडा छोडिएका ५५ भन्दा बढी गाई तथा बाछाहरुको घाँटीमा सो फित्ता बाँधिएको थियो ।
सो अवसरमा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले सडकपेटीमा बस्ने जनावरहरुका लागि महानगरले उचित बासस्थनको व्यवस्था गर्न नसकेकोमा दःख व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्