१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


हावाहुरी सहितको वर्षाले फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो


0
Shares

पोखरा, जेठ २७ । पोखरामा आइतबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले प्याराग्लाईडिङ फेवातालमा खसेको छ ।

तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा, बाराहीघाट नजिक एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन ।

पोखराको सराङकोटबाट आज १०० भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए ।

तालमा खसेका दुईवटाको उद्धार भएको र अरु खोजी भइरहेको प्रहरीले जनाएको छ । मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खटाएर खोजी भइरहेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसैबीच, तालमा डुंगा पनि पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको फेवातालबाट पत्रकार मन गुरुङले जानकारी दिए ।

उनका अनुसार रेस्क्यु टोली खटिएको छ ।