भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध प्रदर्शन • Image Khabar Image Khabar


भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध प्रदर्शन


Imagekhabar
२७ जेष्ठ २०७५, आईतवार १८:५२

भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध प्रदर्शन

भियतनाम, जेठ २७ । भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध विरोध प्रदर्शन चर्किएको छ ।

चिनियाँ लगानीकर्ताहरुले नयाँ आर्थिक क्षेत्र कब्जा गर्न सक्ने त्रासका कारण विरोध चर्किएको बताइएको छ । कम्युनिष्ट सरकारले चिनियाँ लगानीकर्तालाई पुरस्कृत गर्ने उनीहरुको आशंका छ ।

राजधानी हनोइमा भएको प्रदर्शनमा दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । प्रदर्शनका कारण अरु शहरमा पनि जनजीवन प्रभावित भएको छ ।

गत वर्षमात्र भियतनाम सरकारले विदेशी लगानीकर्तालाई ९९ वर्षका लागि जग्गा भाडामा दिने योजना अघि सारेको थियो । विवादित दक्षिण चिनियाँ समुद्रमा रहेका तीनवटा टापु भाडामा दिने योजना सरकारको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्