२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


खरिपाटी ‘क्वारेन्टिन’मा औषधि खर्च १३ हजार : सेना


0
Shares

nepal army headquarter death

काठमाडौं, असार ४ । नेपाली सेनाले भक्तपुरको खरिपाटी ‘क्वारेन्टिन’मा राखिएका व्यक्तिहरुको औषधिका लागि जम्मा १३ हजार १७९ रुपैयाँ ८९ पैसामात्रै खर्च भएको स्पस्ट पारेको छ ।

बिहीबार सेनाले विज्ञप्ति जारी गर्दै चीनको वुहानबाट ल्याइएका व्यक्तिहरुका लागि औषधि तथा औषधिजन्य सामग्रीतर्फ ७३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएपनि सबै रकम खर्च नभएको र जम्मा १३ हजारमात्र खर्च भएको जनाएको हो ।

चीनबाट ल्याइएका १७५ जना नेपाली विद्यार्थीलाई गत फागुन ४ गतेदेखि २० गतेसम्म १७ दिन भक्तपुरको खरिपाटी क्वारेन्टिनमा राखिएको थियो ।

व्यवस्थापनमा कुनै अनियमितता नभएको दाबी गर्दै सेनाले क्वारेन्टिन व्यवस्थापनका लागि एक करोड २९ लाख रुपैयाँ विनियोजन भएको जनाएको हो ।

त्यसमध्ये खानामा ५५ लाख एक हजार ४३३ रुपैयाँ र औषधिजन्य सामग्रीमा ७३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

दैनिक २०२ जनालाई खाना खुवाउन प्रतिव्यक्ति दैनिक एक हजार ३५० रुपैयाँमा सम्झौता गरेको पनि सेनाले जनाएको छ ।

सेनाले तीन लाख १९ हजार बराबरको औषधि र २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्री स्टोरमा रहेको जनाएको छ ।