
प्रतीक्षा खनाल/उत्तम मानन्धर/रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, कात्तिक १८ । २०७२ सालको विनाशकारी भूकम्पले ढालेको धरहराको पुनःनिर्माणको काम बल्ल अघि बढेको छ ।
शताब्दीऔं लामो इतिहास बोकेको धरहरा वि.सं. २०७२ सालको भूकम्पले भत्काएलगत्तै यसको पुनःनिर्माणको चर्चा पनि सुरु भएको थियो ।
तर, भूकम्प गएको साढे तीन वर्षपछि बल्ल धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । औपचारिकरुपमा शिलान्यास नभएपनि धरहरा परिसरमा कामको थालनी सुरु भइसकेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीकाअनुसार बाधा–अवरोध आउने सम्भावना न्यून रहेकाले अबको दुई वर्षमा धरहराको पुनःनिर्माण सकिन्छ ।
यस्तै, भूकम्पले नै भत्काएको दरबार हाइस्कुलको पुनःनिर्माण चिनियाँ सहयोगमा भइरहेको छ । द्रुतगतिमा चल्दै गरेको कामले समयमै पुनःनिर्माणकार्य सकिने संकेत दिएको छ ।
तर, दरबार हाइस्कुलअगाडि रहेको रानीपोखरी भने अहिले पनि खन्डहर नै छ ।
रानीपोखरी पुनःनिर्माणमा देखिएको विवादले निर्माणकार्यलाई अझै पछाडि धकेलिरहेको छ ।
पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा बनाउने र कसले बनाउने भन्ने विवाद पनि सुल्झिएको छैन ।
विवादित मुद्दाहरुको छिट्टै टुंगो लगाएर पुनःनिर्माण सुरु गर्ने प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्