Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


२९ बर्षमै ९ सन्तान


0
Shares

हेटौंडा । पिठ्युँमा ७ महिने नानी । अगाडि १७ महिने छोरा बोकेर गत साता कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ २९ बर्षकी भइन । 

९ वटा बच्चाकी आमा बनिसकेकी उनका ७ सन्तान जीवित छन् ।

१३ बर्षको उमेरमा विवाह गरेकी कैलाश गाउँपालिका ७ डोकाटारकी ज्योतिका सन्तान ७ महिनादेखि १० बर्षसम्मका भएका छन् । 

१४ बर्षको उमेरमा जन्मिएको छोराको महिना दिन नपुग्दै मृत्यु भएको थियो । एउटी छोरीको १० बर्ष पुगेपछि मृत्यु भयो । 

चालिस, बयालिस बर्षकी जस्ती देखिने ज्योति श्वासप्रश्वास र आंङ खस्ने रोगले पीडित छिन् ।

उनलाई परिवार नियोजनबारे ज्ञान छैन । उनका पतिलाई पनि यसबारे अत्तोपत्तो छैन् । -कान्तिपुर दैनिकबाट