Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर


0
Shares

काठमाडौं, कात्तिक १५ । स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ ।

सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको हो । आयोजनाको निर्माण सम्पन्न हुने अवस्थामा ब्याजसमेत जोड्दा करिब ६० अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘ब्याजबाहेक ४९ अर्ब खर्च हुने अनुमान गरिएको छ,’ श्रेष्ठले भने, ‘ब्याज २० अर्बसम्म तिर्नुपर्ने हुन्छ ।’ –नागरिक दैनिकबाट