Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


टाटासुमोका लागि जोर–बिजोर प्रणाली


0
Shares

काठमाडौं, कार्तिक १४ । प्रदेश ३ को सरकारले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सञ्चालन हुने टाटासुमोमा जोरबिजोर प्रणाली लगाउने निर्णय गरेको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको सरोकारवालासँगको छलफलमा मार्ग साँघुरो भएका कारुण दुर्घटनाबाट बच्न र छिटो आवतजावतका लागि सहज बनाउन जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको जनाइएको छ ।

छलफलले हेटौंडा–काठमाडौं ओहोर–दोहोर गर्ने सार्वजनिक टाटासुमोको हकमा हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं रुटमा जोरबार जोर नम्बरका सुमो र हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं रुटमा बिजोरबार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय भएको छ । –राजधानी दैनिकबाट