११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


राष्ट्रपति भण्डारी आज कतार जाने


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार भ्रमणमा जाँदै छिन् ।

कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भोलि दोहामा औपचारिक भेटवार्ता हुने तय भएको छ ।

भ्रमण क्रममा नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने तयारी गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकाससम्बन्धी, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।