
काठमाडौं, कात्तिक ८ । प्रत्येक वर्षझैं यो वर्ष पनि काठमाडौंको यट्खामा कुमारी पूजा गरिएको छ ।
स्थानीयवासीहरुले बुधबार कुमारी मन्दिरमा पूजा गरिसकेपछि बालिकाहरुलाई पनि कुमारीकारुपमा पूजा गराइएको थियो ।
सो अवसरमा विभिन्न स्थानबाट बालिकाहरु सहभागी भएका थिए ।
कुमारी बालिकाहरुलाई स्थानीयवासीले आवश्यक सरसमानसमेत दिएका थिए ।
कुमारी पूजा लिच्छवि राजा गुणकाम देवको समयदेखि सुरु भएको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्