
नवीन सिंह (इमेज)
जनकपुर, कात्तिक ८ । वडाध्यक्षले गैरकानुनीरुपमा बलजफ्ती विद्यालयको भवन भत्काएको विरोधमा धनुषाको राजर्षिजनक उच्च माध्यमिक विद्यालयले सडकमा नै पठनपाठन गराएको छ ।
गत वैशाखमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ का वडाध्यक्ष प्रमेश्वर महासेठले रातिको समयमा डोजर लगाएर विद्यालय भत्काएको विद्यालयको भनाइ छ ।
विद्यालयका ६ ओटा कक्षाकोठा र विद्यालयको पर्खाल भत्काएपछि सो विद्यालयमा अध्ययनरत् विद्यार्थी विगत ६ महिनादेखि सडकको धुवाँधुलो खाएर सडकमै बसेर पढ्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्