१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


‘कहीँ नभएको जात्रा’ सम्पन्न


0
Shares

काठमाडौं, कात्तिक ८ । काठमाडौंको लिच्छविकालीन सहर हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’ बिहीबार सम्पन्न भएको छ ।

यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाइने र मैनको फूल प्रयोग गर्ने गरिन्छ ।

यस्तो प्रचलन कुनैपनि जात्रामा नहुने भएकाले यो जात्रालाई ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ भनिएको हो ।

हाँडीगाउँको जात्रा ‘सत्ययुग’देखि नै चल्दै आएको जनविश्वास रहिआएको छ ।

सत्ययुगमा एक महिला गर्भ रहेको १२ वर्षसम्म सुत्केरी नभएपछि भगवान् नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएको र त्यसपछि जात्रा मनाउन थालिएको किंवदन्ती छ ।

यद्यपि, यो जात्रा किन र कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तथ्य कहीँ भेटिएको छैन । जात्राकाक्रममा रथलाई नगर परिक्रमा गराइन्छ ।