८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


कपिलवस्तुलाई अपराधमुक्त जिल्ला बनाउने प्रतिबद्धता


13
Shares

बासुदेव बर्मा

कपिलबस्तु, कार्तिक ८ । आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्दै 

कपिलबस्तु जिल्लालाई भयरहित बनाउने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनीले बताएका छन् ।

उनले कुनै पनि घटनको सूचना पाउनासाथ बाटोको समय बाहेक ५ मिटनमै घटनास्थलमा प्रहरीको उपस्थिति हुने पनि जनाए । स्थानीय तहको विकासमा अवरोध पु¥याउनेलाई कारवाही, घटनाको निष्पक्ष न्यायिक तथा वैज्ञानिक अनुसन्धान, मानव अधिकारको संरक्षण, लागुऔषध नियन्त्रण, सीमा अपराध र आर्थिक अपराधको न्यूनिकरण गर्ने मुख्य उद्देश्य रहेको बताए ।

प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय कपिलबस्तु आएका प्रहरी उपरीक्षक पुडासैनीले पत्रकारसँगको परिचयात्मक कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफू कानुनअनुसार अघि बढ्ने बताए ।

उनले जनताको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै आफ्नो युनिटमा रहेको प्रहरी चौबीसै घण्टा कटिवद्ध रहने बताए ।

प्रहरी उपरीक्षक पुडासैनीले कपिलवस्तुमा अपराध नियन्त्रण र लागुऔषध नियन्त्रणमा आफ्नो ध्यान केन्द्रीत रहने बताए । त्यससँगै बालुवा तस्करी, चोरी निकासी लगायत आपराधिक क्रियाकलापहरु नियन्त्रणमा प्रहरीको विशेष भुमिका रहने उनले बताए ।