१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ


0
Shares

फिदिम, कार्तिक ८ । पाँचथरको फिदिम नगरपालिका–३ स्थित जनकल्याण माविको भौतिक पूर्वाधार विकास र कक्षा १२ सम्म प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग संकलन गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।

बुधबारबाट सुरु भएको सप्ताह ज्ञान महायज्ञबाट संकलित रकम विद्यालयको पूर्वाधार विकासमा खर्च गर्ने उद्देश्य राखिएको छ । महायज्ञको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङले सांसद विकास कोषबाट १० लाख रुपैयाँ सहयोग दिने घोषणा गरे ।

यस्तै नेकपा पार्टी जिल्ला कार्यसमितिले पनि थप रकम संकलन गरी विद्यालयलाई सहयोग दिने घोषणा गरेको छ ।

महायज्ञबाट एक करोड रुपैयाँ संकलन हुने अपेक्षा राखिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणि राईले संकलित रकमबाट विद्यालयमा खेल मैदान निर्माणका साथै १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन गरिने बताए ।