
सर्लाही । सुगम मानिएको सर्लाहीको चुरे क्षेत्रका बासिन्दा न्यूनतम् आधारभूत सुविधाबाट समेत बञ्चित हुँदै आएका छन् ।
सर्लाहीको चुरे क्षेत्रमा पर्ने छोड्के दोभानका बासिन्दा विजुली, बाटो, विद्यालय र सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका हुन् ।
यस क्षेत्रमा बस्ने नागरिकका लागि राज्यले आधारभूत सुविधा उपलब्ध गराउन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।
नाम्लो र डोकोको भरमा सामान बोकेर जिविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
वर्षा सुरु हुनु अघि नै आफूलाई चाहिने सामान संकलन गरेर घरमा राख्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ ।
विकट भौगोलिक क्षेत्र भएकाले यहाँका विद्यालयमा स्थायी दरबन्दी भएर पनि शिक्षकहरु पुग्ने गरेका छैनन् ।
राज्यले आफूहरुलाई बेवास्ता गरिरहेको गुनासो यहाँको बासिन्दाको छ ।
ईश्वरपुर–१२ कालिन्जोरका वडा अध्यक्ष नागेन्द्र पाख्रीनले विकट बस्तीको विकास गर्न स्थानीय सरकारले चाहेर पनि रकम अभाव हुँदा केही गर्न नसकेको बताए ।
उनले केन्द्र र प्रदेश सरकारले नै यस क्षेत्रका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्