३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


तनाव कम गर्न सौराहामा आराम गर्दै कांग्रेस सभापति देउवा


0
Shares

चितवन, असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् ।

उनका निजी सचिव भानु देउवाकाअनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

तनावमा रहेको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ ।

प्रदेश सांसद मिलनबाबु श्रेष्ठकाअनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् ।

शनिबार काठमाडौं फर्किने भनिएपनि उनी फर्किएनन् । रासस