१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


रौतहटमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


0
Shares

चन्द्रपुर, कार्तिक ६ । रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराई पुल नजिकै गएराति ४ जना सवार रहेको मोटरसाइकल पल्टिदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय २२ वर्षीय शिव खड्का छन् । उनको उपचारको क्रममा विरगञ्ज हेल्थ केयरमा गएराति सवा १२ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य तीनजनाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति साढे १० बजे ४ जना सवार ना३४प ६४४० नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।