८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो, अवस्था सामान्य हुँदै


0
Shares

कपिलबस्तु । कपिलवस्तु प्रशासनले कृष्णनगर बजार क्षेत्रमा हिजो साँझ ५ बजेदेखि लगाएको कफ्र्यू हटाएको छ । कर्फ्यु मंगलवार मध्यान्ह देखि हटाइएको हो ।

जिल्ला सुरक्षा समितिको विशेष बैठकले कृष्णनगरको अवस्था सामान्य बन्दै गएको ठहर गर्दै अब उक्त स्थानमा कर्फ्यु नलगाइने सुरक्षा समिती संयोजक तथा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले बताए ।

सुरक्षा अवस्थालाई विश्लेषण गर्दै आज बिहान ६ देखि मध्याह्न १२ बजेसम्मका लागि कफ्र्यू खुकुलो बनाएको थियो ।

त्यसपछिको अवस्थालाई हेरेर कफ्र्यूलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा निर्णय लिइने बताएको थियो ।

यसअघि हिजो बिहान ८ देखि साँझ ५ बजेसम्म कफ्र्यू हटाइएको थियो । त्यसपछि साँझ ५ बजेदेखि आज विहान ६ बजेसम्म कफ्र्यूलाई निरन्तरता दिइएको थियो ।

दुर्गामूर्ति विसर्जनका क्रममा स्थानीय युवाहरुबीच झडप भएपछि कृष्णनगरमा तनाब बढेको हो । अहिले कृष्णनगरको सुरक्षा अवस्था सामान्य रहेको छ ।