८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


कृष्णनगर बजार क्षेत्रमा फेरि कर्फ्यु


0
Shares

कपिलवस्तु, कार्तिक ५ । कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा फेरि कर्फ्यु लगाइएको छ ।

दुर्गामूर्ति विसर्जनका क्रममा स्थानीय युवाबीच झडप भएपछि हिजो साँझदेखि लगाएको कर्फ्यु आज साँझ ५ बजेसम्मका लागि हटाइएको थियो । राति पुनः स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

कृष्णनगरमा अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ । तौलिहवाबाट थप सुरक्षाकर्मी पनि पठाइएको छ ।