
जर्मनी, कार्तिक ५ । जर्मनीले पत्रकार जमाल खसोग्जीको हत्या भएको पुष्टि भएपछि साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगर्ने निर्णय गरेको छ ।
जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब ४८ करोड अमेरिकी डलर बराबरको सैन्य सामग्री बिक्री गर्न निर्णय गरेको थियो । जर्मन चान्सलर एंगेला मर्केलले खसोग्जीको हत्याको निन्दा गर्दै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्न माग गरेकी छन् ।
मर्केलले घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाबारे अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताइन् ।
खसोग्जीको हत्यापछि यूरोपेली साझेदार बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको सम्बन्ध चिसिएको छ । उनीहरुले खसोग्जीको कसरी मृत्यु भयो भन्ने प्रष्ट पार्न दबाब दिइरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्