
काठमाडौं, कार्तिक ५ । यस वर्षको वडादशैं अन्तर्गत घटस्थापनादेखि आज बिहानसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ती दुर्घटनामा ८ जना गम्भीर र १८६ जना सामान्य घाइते भएका छन् ।
यस वर्षको दशैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै अर्थात्, २७२ वटा छन् ।
गत वर्ष दशैंको समयमा भएका १७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्