१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


भैंसेमा टिपर दुर्घटना हुंदा एक जनाको मृत्यु


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक दर्जन भन्दा बढी घाईते भएका छन् ।

जलबिरे हुंदै बाह्विसे गइरहेको बा ४ ख ९०१७ नम्बरको टिपर अर्को गाडीसंग प्रतिस्पर्धा गर्दै अगाडि बढ्दै गर्दा सडकको मोडमा दुर्घटना भएको हो ।

घाईतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको स्थानीयले बताएका छन् । टिपरमा दसैंका यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।