
ताइवान, कार्तिक ४ । ताइवानको यीलानमा यात्रुवाहक रेल लिकबाट उछिट्टिंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२६ जना घाईते भएका छन् ।
ताइवानको मुख्य समाचार एजेन्सीले अझै ३० जना यात्रु रेलभित्र च्यापिएको जनाएको छ । ३१० जना यात्रु सवार दू्रत गतिको उक्त रेल ताइपेईबाट पूर्वी तटीय शहर ताइटुङ जाँदै थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्