१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


मेक्सिकोले सीमामा कडाई गरेपछि होण्डुरसका हजारौं नागरिक सीमाक्षेत्रमा अलपत्र


0
Shares

मेक्सिको, कार्तिक ४ । मेक्सिकोले सीमामा कडाई गरेपछि हजारौं होण्डुरसका नागरिक दक्षिणी सीमामा अलपत्र परेका छन् । ग्वाटेमालातर्फको सीमामा लगाइएको तारबारबाट मेक्सिको प्रवेश गर्न खोज्नेहरुसँग दंगा प्रहरीको झडप भएको छ । झडपका क्रममा केही आप्रवासी लगायत सुरक्षाकर्मी र पत्रकारहरु घाईते भएका छन् ।

होन्डुरसमा जारी हिंसा र गरिबीका कारण त्यहाँका हजारौं नागरिक मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोजिरहेका छन् । मेक्सिकोका अधिकारीहरुले केही महिला र बालबालिकालाई मात्र मानवीय कारणबाट मेक्सिको प्रवेशको अनुमति दिएका छन् ।

यता, अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासी प्रवेशमा कडाई गरेको भन्दै मेक्सिकोको प्रशंसा गरेका छन् ।

यसअघि उनले आप्रवासीको प्रवेश रोक्न मेक्सिकोसँगको सीमामा सेना परिचालन गर्नेसम्मको चेतावनी दिएका थिए । (एजेन्सी)