१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


विजयादशमीको टीका लगाउनेक्रम जारी, सरकारी कार्यालयहरु आजबाट खुल्ने


0
Shares

काठमाडौं । विजयादशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास पनि छ । दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

अघिल्लो वर्षसम्म द्धादशीको दिन पनि विदा हुने गर्दथ्यो ।

तर सरकारले यो वर्षदेखि घटस्थापना र द्धादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचालु हुन लागेका हुन् ।