१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


असनका तुलाधर समुदायले खड्ग जात्रा मनाए


0
Shares

काठमाडौं । विश्वभरका बौद्धमार्गीले शस्त्रअस्त्र परित्याग दिवस अन्तर्गतको ‘सम्राट अशोक विजया दशमी’ मनाईरहदां काठमाडौंको असनका तुलाधर समुदायले खड्ग जात्रा मनाएका छन् ।

कलिङ युद्धपछि हतियार छाडेर अशोकसँगै बौद्धमार्गी बनेको भनिएका तुलाधर समुदायले पुर्खाको वीरताबारे जानकारी दिन खड्ग जात्रा मनाएका हुन् ।

यो जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् भने जात्रामा सबैभन्दा सानो बालकले नेतृत्व गरेको हुन्छ ।

यस वर्ष तीन वर्षिय बालक सायोन तुलाधरले जात्राको नेतृत्व गरेका छन् ।

असनको मूल घरबाट निकालिने खड्ग जात्रा अन्नपूर्ण देवी र गणेश मन्दिर परिक्रमा गरी त्यही घरको चोकमा आसुरी शक्तिको प्रतिक कुभिन्डो काटेर समापन गरिन्छ । 

असनका बासिन्दाले दशैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दशैं मनाउने चलन छ ।