
इलाम । इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकीय हिसावले उत्कृष्ट गन्तब्य मानिन्छ ।
दैनिक सयौं भक्तजनहरु जाने गरेको भएपनि यहाँ पुग्ने सडकको पूर्वाधार कमजोर हुँदा यात्रुहरुलाई समस्या हुने गरेको छ ।
धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्दछ ।
चार खोलको जिल्लाले परिचित इलाम चार माईमध्ये देउमाईको किनारामा पर्दछ गजुरमुखी ।
बागवीर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजुरामुखीबाट गजुरमुखी नामाकरण भएको जनविश्वास रहेको छ ।
यसको उत्पत्ति करिब २ सय ५० वर्ष अगाडि भएको किंवदन्ती छ ।
विशेष गरी निःसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जनविश्वासमा मानिसहरु यहाँ आउने गर्दछन् । यहाँ शनिवार र मंगलबार भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
धार्मिक र पर्यटकीय हिसावले जिल्लाकै अब्बल स्थान मानिने गजुरमुखीधाम पुग्नलाइ भौतिक पूर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने दैनिक हजारौं पर्यटक भित्रिन सक्छन ।
यहाँ भारतको सिक्किम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्