
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आज टीका लगाइदिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे देखी साढे एघार बजेसम्म उनले दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाइदिएका हुन् ।
प्रधानमन्त्रीको हातबाट टीका थाप्न सरकारी उच्च पदस्थ कर्मचारी, पूर्व सांसद,पूर्व प्रहरी, सञ्चारकर्मीलगायत सर्वसाधरण बालुवाटार पुगेका थिए ।
त्यस्तै, प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई पनि टीका लगाइदिएका छन् ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टीका लगाइदिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्